जनता समाजवादी पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

गएको २४ असारमा आयोगमा १५९ नम्बरमा दर्ता भएको जनता समाजवादीले दर्ताको प्रमाणपत्र आज पाएको हो।

गएको १० वैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको थियो। एकीकरण लगत्तै आयोगमा दल दर्ताको निवेदन दिइएकोमा बन्दाबन्दीका कारण आवश्यक प्रमाण भने २५ जेठमा मात्रै आयोगलाई बुझाइएको थियो।

प्रकाशित मिति: : 2020-07-12 18:25:07

प्रतिकृया दिनुहोस्