काश्मिरमा अर्का बिजेपी नेता अपहरणमा

जम्मु र काश्मिरमा धारा ३ सय ७० हटाएपछि बिग्रिएको परिस्थितिका बीच सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का अर्को स्थानीय नेता मेहराजउद्दीन मल्ला अपहरणमा परेका छन्। 

केही दिनअघि मात्र जिल्लाका अर्का बिजेपी नेता वसीम अहमद्दीनको हत्या भएको थियो। बुधबार सोपोरमा मेहराजउद्दीन मल्लाको अपहरण भएको प्रहरीले जानकारी दिएको छ। 

उनी आफ्नो साथीसँग सडक मार्गबाट कतै गइरहेका थिए।  उनको गाडी बीचमा रोकेर अपहण गरिएको प्रहरीले बताएको छ। मेहराजउद्दीन नगर समिति वाटरगाम बारामुलाका उपाध्यक्ष हुन्। 

प्रहरीले उनको खोजी कार्य भइरहेको बताएका छन्। २०११ देखि अहिलेसम्म १९ जना स्थानीय नेताको हत्या भइसकेको छ। 

प्रहरीले पाकिस्तानको अल बदर संगठनले अपहरण गरेको हुन सक्ने बताएका छन्। अर्का नेता अल्ताफ ठाकुरमाथि पनि हमला हुन सक्ने सम्भावनाका बीच उनको सुरक्षा बढाइएको छ।

प्रकाशित मिति: : 2020-07-15 16:02:13

प्रतिकृया दिनुहोस्