डिआइजी निरज शाही र प्रद्युम्न कार्की एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागि सिफारिसमा परेका छन्। गृह मन्त्रालयले रिक्त दुई पदका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका शाही र विशेष ब्युरोको नेतृत्व गरिरहेका कार्कीको नाम एआइजीका लागि सिफारिस गरेको हो।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको छ । बढुवा समितिको सदस्य सचिव भने प्रहरी महानिरीक्षक शैलेश थापा थिए । एआईजी बढुवामा सिफारीस भएका कार्की र शाही दुवै थापाका ब्याचका हुन् । उनिहरु ०७५ असोजमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।

हाल प्रहरी महानिरीक्षक रहेका थापा,एआईजीमा बढुवा सिफारीस भएका शाही र कार्की एकै दिन ०७९ वैशाख १९ गते अवकासमा जान्छन् । त्यसपछि वरियताको आधारमा डिआईजी पोखरेल नै प्रहरी महानिरीक्षकको एक मात्र दावेदार हुनेछन् । उनको डिआईजीको ४ वर्षे पदावधी ०७९ साउनमा समाप्त हुन्छ ।

थापापछि पनि नेतृत्वको विकास गरिएन भने पोखरेल डिआईजीबाट सिधै आईजिपी बन्नेछन् । उनि डिआईजीमा बढुवा भएको १ वर्षपछि बढुवा भएका डिआईजी सहकुल थापा दोस्रो नम्बरमा छन् ।

प्रकाशित मिति: : 2020-07-16 14:57:59

प्रतिकृया दिनुहोस्