समाचार प्रभाव : बन्ने भयो ताराको पक्की घर

राधा खनाल

बाढीले घर बगाएर पीडित बनेकी झापा शिवसताक्षीकी तारा शेर्माका लागि नयाँ घर बन्ने भएको छ । शिवसताक्षी नगरपालिकाका–१० माइधारमा रहेको उनको घर आसार २४ गते राति आएको कनकाई नदीको बाढीले बगाएको थियो । 

उनका लागि घर बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ भने मेची अभियानले घर बनाइलिने भएको छ । असार ३० गतेको अन्नपूर्ण पोष्टमा ‘अढाई बर्षे छोराले घर खोज्दा’ शीर्षकको समाचार प्रकाशित भएपछि शेर्माका लागि घर बनाइदिने वातावरण बनेको हो । 

शारिरिक रुपमा असक्त शेर्माका पति गत वर्ष वितेका थिए । ३ जना साना बालबच्चासहित कठीनसँग जीवन घानिरहेकी उनलाई २४ गते राति आएको कनकाईको बाढीले घरबिहीन बनाएको थियो ।

प्रकाशित मिति: : 2020-07-18 08:46:18

प्रतिकृया दिनुहोस्