एटलान्टाले दाेस्राे स्थानमा उक्लिने माैका गुमायाे

एजेन्सी

काठमाडाैं

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एटलान्टाले दाेस्राे स्थानमा उक्लिने माैका गुमाएकाे छ।

अवे मैदानमा भएको खेलमा एटलान्टा भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलाे हाफ गाेल रहित बराबरी खेलेका दुबै टिमले दुबै गाेल दाेस्राे हाफमा गरेकाे हाे।

खेलको ५० औं मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए‍।

तर, त्यसकाे ९ औं मिनेटपछि नै माटियो पेसिनाले गोल गर्दै भेरोनालाई हारबाट जोगाए।

बराबरीसँगै तेस्रो स्थानको एटलान्टाको ७१ अंक जाेडेकाे छ। दोस्रो स्थानको इन्टर मिलानको ७१ अंक नै रहेको छ।

७७ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा रहेको छ।

भेरोना ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-19 05:58:33

प्रतिकृया दिनुहोस्