सिटीलाई हराउँदै आर्सनल एफ ए कपको फाइनलमा

एजेन्सी

काठमाडाैं

आर्सनल एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएकाे सेमिफाइनलको खेलमा म्यान्चेष्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै लण्डन क्लब आर्सनल फाइनलमा पुगेकाे हाे।

घरेलु मैदानमा आर्सनलको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए।

निकोलास पेपेको क्रसलाई उपयोग गर्दै १९ औँ मिनेटमा अबुमियाङले आर्सनललाई अग्रता दिलाएका थिए।

अबुमियाङले नै ७१ औँ मिनेटमा दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए।

आर्सनलले अब अगष्ट १ मा चेल्सी र म्यान्चेष्टर युनाइटेडबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित मिति: : 2020-07-19 06:08:56

प्रतिकृया दिनुहोस्