कोरोना भाइरस नेपाल: बजारमा किनमेल गर्दा कस्तो सावधानी अपनाउने

मास्क लगाएर तरकारी पसल अगाडि उभिएकी इलाम नगरपालिकाकी ओममाया गुरुङलाई धेरै बेर लगाएर छानीछानी तरकारी फलफूल किन्न भन्दा किनमेल सकाएर घर फर्कन हतारो छ।

पहिला छानीछानी तरकारी फलफूल खरिद गर्ने उनी अचेल पसलेले छानेर जोखिदिएको तरकारी फलफूलमै चित्त बुझाएर घर फर्किने गर्छिन्।

बजारबाट सङ्क्रमण घर पुग्ने हो कि भन्ने चिन्ताले उनी जस्ता उपभोक्तालाई आजकल सताएको छ।

उनी भन्छिन्, “म त अलग दूरी कायम गरेर नै हिँडिराखेकी छु, अब घर गएर साबुन पानीले हात धुन्छु। बजारमा मान्छेहरू ठेलाठेल गरेर हिँडिरहेको देख्दा डर लाग्छ।"

प्रकाशित मिति: : 2020-07-19 11:02:36

प्रतिकृया दिनुहोस्