भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने सरकारको निर्णय

सरकारले हवाइ उडान खोल्ने निर्णय गरेको छ।  

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको हाे। 

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ। 

अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए। 

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।
 

प्रकाशित मिति: : 2020-07-20 20:21:55

प्रतिकृया दिनुहोस्