निरीह प्रचण्ड

नेपाल लाइभ

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग पार्टी (नेकपा माओवादी केन्द्र) एकता पुष्पकमल 'प्रचण्ड'को अन्तिम चमत्कार सावित भएको छ। तिलस्मी छवि बोकेर शान्ति प्रक्रियामा आएका प्रचण्ड समयसमयमा चमत्कार गरिरहन्थे। कुनैपनि राजनीतिक गाँठो फुकाउन होस् वा आफ्ना लागि मार्ग निर्माण गर्न नै किन नहोस्, प्रचण्डको चमत्कारले महत्वपूर्ण भूमिका खेल्थ्यो। तिलस्मी छवि धमिलिएसँगै प्रचण्डले आफ्नै पीडा, निराशा र दोमनको 'ब्रेक-थ्रू' गर्न सकेका छैनन्। 

चमत्कार अवसानको एक मात्र कारण हो, केपी शर्मा ओलीसँगको गणितीय माया। ओली प्रचण्डप्रति सकरात्मक सोच्दैनथे। प्रचण्डको ओलीप्रतिको घृणा पनि सिसाझैँ छर्लंग थियो। कुनै समय प्रचण्ड र ओलीबीच चल्ने वाक्युद्ध घृणाको उत्तम नमुना थियो भन्दा अतिशयोक्ति हुँदैन।

प्रकाशित मिति: : 2020-07-21 11:21:37

प्रतिकृया दिनुहोस्