चिनियाँ जहाज खरिदको एउटा कथा : न सरकारले ४० करोड फिर्ता पायो, न जहाज नै आयो

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र/उत्तम काप्री

करिब १० वर्षअगाडि नेपाली सेनाले स्काई ट्रक बनाउन अस्वीकार गरेको चिनियाँ एमए-६० जहाज नेपाल वायुसेवा निगमले यात्रु उडानका लागि मंहगो मूल्यमा खरिद गरेको खुलेको छ। 

सेनाले २०६६/०६७ मा २ वटा चिनियाँ एमए-६० जहाज स्काई ट्रकका रूपमा पनि उडान गर्न नसकिने भन्दै अस्वीकार गरेको थियो। यही प्रकृतिका दुईवटा जहाज पुन: राजनीतिक दबाबमा २०७० मंसिरमा निगमको आन्तरिक उडानमा प्रयोग गर्ने गरी खरिद गर्ने निर्णय भएको थियो। जहाज नेपाल आएपछि पनि उडानमा समस्या भएको र निरन्तर घाटामा गएको भन्दै निगमले एमए-६० बाट उडान नै नगर्ने उद्घोष गरिसकेका छ। 

प्रकाशित मिति: : 2020-07-22 14:51:30

प्रतिकृया दिनुहोस्