एकै दिन २९ पटकको फोन नउठाएपछि युवतीमाथि एसिड प्रहार (भिडियो)

 सीतापाईला एसिड घटना: 

बिहिबार साँझ काठमाडौंको सितापाइलामा युवतीमाथि एसिड प्रहार घटनाका योजनाकार मोहम्मद आलमले पीडित युवतीलाई तीन महिनादेखि पछ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार पीडित युवती करीव ३ वर्षअघि आलमकै कारखानामा काम गर्थिन्। त्यो भन्दा पहिले उक्त कारखानामा पीडित युवतीको दिदी काम गर्थिन्, बहिनी बेरोजगार भएपछि दिदीकै माध्यमबाट ती युवती आलमको कारखानामा काम गर्न थालेकी थिइन्।

कारखानामा काम गर्न थालेको एक महिनापछि युवतीले काठमाडौंकै पाँच तारे होटल हायातमा काम पाएकाले आलमको कारखाना छाडिन्।

‘पीडित युवती र आलमबिच यसअघि राम्रो कुराकानीदेखि आर्थिक लेनदेनसमेत भएको देखियो’, घटनाको अनुसन्धानमा जुटेका एक अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘पहिला आलमको कारखानामा काम गर्दा उनीहरूबिच धेरै कुरा हुने देखियो, पछि युवतीले काम छोडिपछि बिस्तारै टाढिन थालिन्। तर आलम पछि लागीराहे लामो समयसम्म युवतीले वास्ता नगरेपछि आवेशमा आएर आलमले एसिड हाने।’

अनुसन्धान अधिकारीका अनुसार करीव ३ महिनादेखि पीडित युवतीले आलमको फोन उठाएकी थिइनन्। आलमले एकैदिन २९ पटकसम्म फोन गरेको थिए। यति गर्दा पनि युवतीले फोन नउठाएपछि उनले एक सातादेखि युवतीमाथि एसिड हान्ने योजना बनाएका थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार युवतीमाथि एसिड हान्ने योजना पुरा भएपछि बिहीबार आलमले निकै कर गरेर युवतीलाई सितापाईला चोक बोलाएका थिए। अतिनै गरेपछि ती युवती पनि आलमलाई भेट्न गएकी थिइन्।

करीव ३० मिनेटको भेटघाटपछि युवती घर फर्किइन र फर्कदै गरेका बेला आलमले आफ्नो कारखानामा काम गर्ने मजदुरमार्फत एसिड प्रहार गरेका थिए।

प्रहरीका अनुसार आलमले ट्वाईलेटमा प्रयो गरी बचेको एसिड प्रयोग गरेका थिए।

युवतीले आलमसँग आफ्नो कुनै सम्वन्ध नभएको बताएपछि उनीहरू बिचको फोन रेकर्ड हेर्दा सम्बन्ध गहिरै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटना लगत्तै प्रहरीले युवतीलाई फोटो देखाउँदै यो ब्याक्तिको केही शंका छ भन्दै सोधेपछि युवतीले कुनै आशंका नभएको र कुनै सम्बन्ध नभएको बताएकी थिइन्।

 

 

प्रहरीबाट बच्न आलमको चलाखीः एसिड हानेपछि युवतीको मोबाइलमा फोन

अलामले मुन्नालाई एसिडसहित युवतीको कोठा नजिकै पुर्‍याएको देखिएको छ। त्यसपछि दही किन्न हिँडेकी युवतीलाई उनैले चोकसम्म मोटरसाइकलमा लिफ्ट दिएका थिए। आलम र युवतीबिच ३-४ वर्षअघिदेखि नै चिनजान थियो। विस्तृतमा

प्रकाशित मिति: : 2020-07-24 14:55:36

प्रतिकृया दिनुहोस्