रौतहटका एकसहित पर्सामा पुन: ९ जनामा कोरोना संक्रमण, ४ को अवस्था जटिल

पर्सामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार साँझ मृत्यु भएकी १७ वर्षीय युवतीसहित ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बिएल नेपाली सेवालाई जानकारी दिए।

संक्रमितहरु ५ देखि ५२ वर्षका रहेका छन्। एक जना संक्रमित रौतहटका पनि रहेका छन्। 

शुक्रबार संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको अघिल्लो दिन साउन ८ गते स्वाव संकलन गरिएको थियो।

पोजिटिभ केसहरू कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका, क्वारेन्टाइनमा रहेका तथा केहीको स्वेच्छामा चेकजाँच गराउँदा पहिचान भएको उनले जानकारी दिए।

संक्रमितहरुमध्ये अधिकांश कुनै पनि ट्राभल हिस्ट्री नरहेकोे बस्नेतको भनाइ छ।

यस्तै, हाल नारायणी अस्पताल अन्र्तगत गण्डक कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितहरुमध्ये धेरै लक्षणसहितका रहेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए। 

यस्तै, संक्रमितहरुमध्ये हाल जटिल प्रकृतिका ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-07-25 13:53:08

प्रतिकृया दिनुहोस्