लुकाकुको २ गोलमा जिनोआविरूद्ध इन्टर मिलानको शानदार जीत

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जिनोआमाथि शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले हराएको हो। जिनोआको मैदानमा इन्टरलाई जीताउन रोमेरो लुकाकुले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे।

पहिलो हाफको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। खेलको ८३औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को सहज जीत दिलाए । घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

जीतपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ । एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।

इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले पछि रहेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको छ । युभेन्ट्सलाई उपाधि जीत्न अब एक जीतको आवश्यकता रहेको छ । जिनोआ ३६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2020-07-26 07:51:17

प्रतिकृया दिनुहोस्