सकिनै लाग्यो भैरहवा विमानस्थल

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ।

‘संक्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि भएको थोरै जनशक्तिले पनि काम जारी राख्यौँ’, आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ।’लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए। खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पुर्‍याइएको छ। काम धमाधम भइरहेको छ।

बिदामा चीन (स्वदेश) गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ। विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन्।

प्रकाशित मिति: : 2020-07-26 08:01:00

प्रतिकृया दिनुहोस्