बिसालु औषधि सेवन गर्दा भारतमा राष्ट्रियस्तरकी महिला खेलाडीको निधन

एजेन्सी

मुम्बई

पञ्चाबको बठिन्डामा सोमबार फुटबलको एक राष्ट्रियस्तरकी खेलाडीको निधन भएको छ। पाँच दिनअघि उनी पेटको समस्याबाट पिडित थिइन्। 

उनले गल्तीका कारण बिसालु औषधि सेवन गरेको परिवारले बताएको छ। एनको स्थानीय नीजि अस्पतालमा निधन भएको हो। 

 निधन भएकी खेलाडी १५ वर्षीय अन्जली भएको प्रहरीले बताएको छ। उनी १० कक्षाको छात्रा हुन् र फुटबलको राम्रो खेलाडी मानिन्थिन्। 

पेट दुख्न थालेपछि उनलाई पहिले पनि अस्पताल पुर्याइएको थियो। निकाे भएपछि पुनः घर फर्किएकी अन्जलीले बिसालु औषधि सेवन गरेकी थिइन्। 
उनी राम्रो मिडफिल्डर भएको प्रशिक्षक जसवीर सिंहले जानकारी दिए। एनले जिल्ला स्तरीय खेलमा ४ स्वर्ण, राज्य स्तरमा २ रजत पदन जितेकी थिइन्। एनले राष्ट्रिय स्तरको फुटबल पनि खेलेकी थिइन्।

प्रकाशित मिति: : 2020-07-27 16:14:01

प्रतिकृया दिनुहोस्