अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’

नेपाल लाइभ

काठमाडौँ

हेमन्त जोशी

दृष्टान्त १ : विगतमा हर्बो, युनिटीलगायत नेटवर्किङ व्यवसायमा लागेर ठगी धन्दा चलाएका व्यक्तिहरुले 'नेचर हर्ब्स' नामबाट वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने कम्पनीको इजाजत पाए। इजाजत पाउनुअघि र पाएपछिसमेत उक्त कम्पनीले गरेका गतिविधि शंकास्पद लागेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत बिहीबार स्पष्टीकरण सोध्यो।

स्पष्टीकरण पेश गर्न दिईएको समयभित्रै विभागले त्यही कम्पनीमा आवद्ध व्यक्तिहरुसमेतलाई राखेर गत शुक्रबार सामूहिक रुपमा र सोमबार छुट्टै प्रशिक्षण कार्यक्रम चलायो। सोमबार नै विभागले उक्त कम्पनीको जवाफ चित्तबुझ्दो रहेको भन्दै क्लीन चिट दियो।

दृष्टान्त २ : वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा अवैध नेटवर्किङ धन्दालाई संरक्षण दिन वाणिज्य विभागले एकल अधिकारसहितको केन्द्रिकृत कार्यशैली अपनायो। जसमा एकजना सरकारी अधिकारी आफैं इजाजतदाता, आफैं निरीक्षण अधिकृत र आफैं प्रशिक्षण दिनेसमेतका काम गर्छन्। 

प्रकाशित मिति: : 2020-07-28 12:41:13

प्रतिकृया दिनुहोस्