एकल महिला लक्ष्मीको कथा : न रह्यो बास, न रह्यो गाँस

कृष्णउदास खनाल

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगर अनि त्यही स्थानमा रहेको नगर बिस्तारको जमिन ।भूमिहिनका लागि हुनुपर्ने सो जग्गामा पछिल्ला दिनमा हुने खानेहरुकै बोलावाल बढ्न थालेको छ तर आजभन्दा प्रन्ध बर्ष अगाडि शुरुमा एक्लै बसेकी लक्ष्मी घिमिरेलाई अहिले छिमेकीहरु पाएसम्म खेद्न खेज्छन् । बारघरको नाउले परिचित सो बस्तीको पहिलो ब्यक्ति नै लक्ष्मी हुन् तर आज छिमेकीकै साथ लक्ष्मीलाई छैन बरु उनलाई त्यो बस्तीबाट लखेट्न पाए आफ्नो मान्छेलाई त्यही स्थानमा राख्न पाइन्थ्यो भन्ने स्वार्थमा धेरै भएपनि लक्ष्मी संघर्ष गरेर अगाडि बढिरहेकी छन् ।

लक्ष्मीको दर्दनाक कथा

२०२८ सालमा ओखलढुंगामा जन्मिएकी लक्ष्मीको जीवन कुनै चलचित्रको कथा जस्तो छ । एक भाइ र उनको परिवारका संतानको रुपमा उनको आमाको कोखबाट जन्म लिएका थिए तर दैवको लीला बुवाको सानै उमेरमा निधन भयो । बुवाको निधनपछि आमाले भाइ र उनलाई हुर्काउनु पर्ने जिम्मेवारी थपियो । आमाले बनीबुतो गरेर हुर्काएको तिनै संतान मध्य छोराको हत्या भयाृे अथवा लक्ष्मीको भाइको हत्या भयो । छोरा गुमाउनु पर्दाको पीडा अनि हत्याराहरुलाई उन्मुक्ती एक आमका लागि त्यो भन्दा दर्दनाक पीडा अरु के हेला र ?छोरा त गुम्यो छोरीको मुख हेरेर लक्ष्मीको आमाले जीवन जिउदै थिइन् ।

प्रकाशित मिति: : 2020-07-28 16:33:01

प्रतिकृया दिनुहोस्