वीरगञ्जमा थप एक कोरोना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ७ पुग्याे

वीरगञ्जमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ। 

गण्डक अस्पतालको आइसोलेसनमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान पौने ११ बजेतिर मृत्यु भएको हो।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका ५ रेशकोठी निवासी हुन्। 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार मुटुमा समस्या देखिएपछि उनी पछिल्लो ६ दिनदेखि गण्डकको आइसोलेसनमा उपचाररत थिए।  

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ। 

पर्सामा हालसम्म एक भारतीयसहित ७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-07-29 17:49:54

प्रतिकृया दिनुहोस्