प्रदेश २ का सामाजिक विकासमन्त्रीका चालक, भान्से र स्टोर किपरमा कोरोना संक्रमण

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहका चालक, भान्से र स्टोर किपरमा कोरोना संक्रमण देखिएकाे छ। 

सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको निजि सचिवालयले जनाएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाका अनुसार मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा काेराेना पोजेटिभ देखिएको हाे।
 
मन्त्री साह मंगलबार मात्र वीरगञ्ज उद्योग वाणिज्य संघमा आयोजित कोरोना नियन्त्रणका लागि सर्वपक्षीय कार्यक्रममा सहभागी हुन आएका थिए। 

बैठकमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्री साह, प्रदेशका डीआईजी, स्वास्थ्य निर्देशक लगायतका जिल्ला भरका प्रहरी र प्रशासनका प्रमुखको सहभागिता रहेको थियो।

मन्त्री साहका चालक, भान्से र स्टोर किपरलाई कोरोना संक्रमण देखिएपछि अब सो बैठकमा सहभागी हाई प्रोटोकलका सबै व्यक्तिमा कोरोनाको जोखिम देखिएको छ।

पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको निर्देशनालयका सह-निर्देशक झाले बताए।

प्रकाशित मिति: : 2020-07-29 18:08:20

प्रतिकृया दिनुहोस्