सुनको मूल्य ९९ हजार ३ सय पुग्यो

सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । दैनिक कीर्तिमान राख्ने क्रममा शुक्रबार पनि बढेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन ५ गतेदेखि सुनको मूल्यमा दैनिक वृद्धि हुँदै आएको छ ।

सुनको मूल्य बढिरहँदा चाँदीको मुल्य भने १३ गतेदेखि घट्दो छ । आज पनि बिहीबारभन्दा २५ रुपैयाँले सस्तो बनेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: : 2020-07-31 11:01:17

प्रतिकृया दिनुहोस्