विवाद, असमझदारी र अन्योल

 

सूर्य थापा

पार्टीका १५२ जना केन्द्रीय सदस्यको नाम समावेश गरी केन्द्रीय कार्यालय, धुमबाराहीमा दुईमध्ये एकमात्र कार्यालय सचिवलाई ३२÷३३ जना उपलब्ध सदस्यले बुझाउनुभएको केन्द्रीय कमिटीको बैठक बस्न माग गरिएको समाचार सार्वजनिक भएको छ। स्थायी कमिटीको बैठक सुरु भई १ महिना ५ दिन बितिसक्दासम्म एजेन्डा आधारित हुन सकिरहेको छैन। एजेन्डा एकातिर र नियत अर्कैतिर भएर बैठक नै अन्योलको नियतिमा फस्न पुगेको छ। यस्तो विषम अवस्थामा स्थायी कमिटीले सकेन, हामी सक्छौं भनिरहनुको तर्कसम्मत आधार छैन। फेरि विधानत: बैठक सम्पन्न भएको ६ महिना पनि पुगेको छैन र २५ प्रतिशतले हस्ताक्षर गरी बैठक माग गर्नुपर्ने के खण्ड खातिर आइपर्‍यो भन्ने पनि स्पष्ट बुझ्न सकिने परिदृश्य मौजुद रहेको छैन।

‘पार्टीका दुईजना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तयार गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ।’

प्रकाशित मिति: : 2020-07-31 11:02:57

प्रतिकृया दिनुहोस्