निषेध खुलेसँगै फेरि बढ्यो कोरोना संक्रमण, अनुगमन फितलो थप सामग्री

शिलापत्र

काठमाडौं

सम्झना घिमिरे

सरकारले लकडाउन खोलेको ८ दिनपछि लगभग बजारमा सबै प्रकारका पसल व्यवसायहरू सञ्चालनमा आएका छन् । गत ८ साउनदेखि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएसँगै अहिले धमाधम व्यापार व्यवसायदेखि ठूला होटल तथा रेष्टुरेन्टहरू पनि खुल्न थालेका छन् । 

चार महिना लामो लकडाउनपछि व्यवसायहरू पुनः सञ्चालनमा आएका हुन् । यातायात, साना तथा ठूला बजार र संघसंस्था तथा होटल र रेष्टुरेन्टहरू खुलिसकेका छन् । साना क्याफे र होटलहरू यसअगाडि नै खुलिसके पनि ठूला होटल तथा रेष्टुरेन्टहरू भने बिहीबारदेखि नै औपचारिक रूपमा सञ्चालनमा आएका छन् । 

व्यापार व्यवसाय सञ्चालनमा आएसँगै बजारमा मान्छेको भीड बढ्न थालेको छ । सडकमा बसेर व्यापार गर्ने फुटपाथका व्यापारीदेखि आलिसान भवनहरूमा सञ्चालित ठूूला मार्केटहरूमा उल्लेख्य मात्रामा भीडभाड बढ्न थालेको छ । 

प्रकाशित मिति: : 2020-07-31 11:10:15

प्रतिकृया दिनुहोस्