सुशान्त आत्महत्या केस : ‘सुप्रीम कोर्ट’ले खारेज गर्यो ‘सीबीआई’ जाँचको माग

एजेन्सी

काठमाडौं

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको केसमा अब बिहार पुलिस अनुसन्धानमा जुटेको छ । पुलिसले उनकी बहिनी मीतु सिंह र उनका साथी कृष्णा शेट्टीसँग पनि शोधपुछ गरेको छ ।

सुशान्तका फ्यान तथा केहि कलाकारहरुले उनको सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यसैबीच सुप्रिम कोर्टले उक्त मागको याचिका खारेज गरेको छ ।

पुलिसलाई उसको काम गर्न दिइयोस् भन्दै कोर्टले यो याचीका खारेज गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

अभिनेता सुशान्तले गत जून १४ को राती दोश्रो प्रहरमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति: : 2020-07-31 11:49:58

प्रतिकृया दिनुहोस्