हरिवंशले ल्याए गाईजात्रे गीत 'तिमी केको जान्ने'

हास्य कलाकार हरिवंश आचार्यकाे गाईजात्रे गीत सार्वजनिक भएको छ । सार्वजनिक 'तिमी केको जान्ने' बोलको गीतमा हरिवंशले नै शब्द तथा संगीत दिएका छन् ।

सार्वजनिक गीतबाट देशको बेतिथि र अहिलेको समसामयिक समस्यालाई ब्यङ्ग्य गरिएको छ । गीतमा पहुँचमा रहेका नेताहरूलाई गरिने चाकडी र नेताले आफूलाई भयंकर मान्ने प्रवृत्तिलाई तीखो प्रहार गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा हरिवंश आफैँ फिचर भएका छन् । भिडियोमा हरिवंश नेता बनेका छन् ।

शशिकिरणको कन्सेप्टमा तयार भएको भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका छन् । हरि हुमागाईंले खिचेको भिडियोमा सम्पादन, भीएफएक्स तथा कलर सुशील न्यौपानेले गरेका छन् ।

प्रकाशित मिति: : 2020-07-31 11:55:13

प्रतिकृया दिनुहोस्