बालुवाटारमा प्रश्न : यो बाटो मेरो होइन?

नेपाल लाइभ

काठमाडौं

ऋग्वेद शर्मा/शिव बोहरा

अहिले प्रश्न उठाउन यति कठिन हुनेछ भनेर यो व्यवस्थाका लागि लड्नेहरुले कहिल्यै सोचेनन् होला। तर समयले यसरी कोल्टे फेर्‍यो कि गणतन्त्रमा नागरिकहरु प्रश्न गर्नबाट बञ्चित छन्। 

सरकार काम राम्ररी गर, पारदर्शी होऊ भनेर आवाज उठाउन, प्रश्न गर्न, जवाफ माग्न पनि बन्देज हुने कस्तो समय हो, बुझ्न कठिन छ। कोरोना माहामारीले गाँजेको पाँच महिनाभन्दा बढि भइसक्यो। अवस्था सुधारतर्फ होइन झन खराब बनिरहेको छ। 

यस्तो अवस्थामा माहामारीविरुद्ध सरकारको काम गराइ सुरुदेखि नै बिग्रिएको सबैले देखेकै छन्। सरकारी छलफलहरु पार्टी र पद जोगाउनमा केन्द्रित देखिन्छ। नागरिकको जीवन रक्षाको जिम्मेवारीमा निरन्तर झारा टार्ने काम भइरहेको छ। परीक्षणको दायरा घटाएर कोरोना संक्रमण कम गर्ने नीति अनौठो छ। 

यसैले ‘इनअफ इज इनअफ’ अभियानमार्फत कोराना माहामारीमा सरकारको काम गराइप्रति युवाहरुले स्वतः स्फूर्त विरोध सुरु गरे। त्यसमा विभिन्न समय विभिन्न पार्टीको समर्थन पनि जोडियो। जेठ २७ गते बालुवाटाबाटै सुरु भएको विरोध प्रदर्शन देशभर फैलियो। पछिल्लो समयमा पाटन र बसन्तपुर केन्द्रित विरोध प्रदर्शन र सत्याग्रहलाई सरकारले वेवास्ता गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2020-07-31 17:18:40

प्रतिकृया दिनुहोस्