एलिनाको स्वरमा ‘यसपालिको हाम्रो तीज’

हिन्दू नारीहरुको महान पर्व तीजको कोशेलीस्वरुप गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ

‘यसपालिको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नीलकण्ठ सुवेदीले गीतका शब्द सिर्जना गरेका छन् । त्यसैगरी राम कार्कीले संगीत दिएका छन् । गीतमा यसपटकको तीज घरभित्रै नाचेर मनाउने भाव प्रस्तुत गरिएको छ ।

यस्तै गीतको भिडियोमा शान्ता कार्की, मुना सिलवाल, सीता हुमागाईं, तारा केसी लगायत नाचेका छन् ।

राहुल राईको छायांकन रहेको गीतको भिडियोलाई शान्ता कार्कीले कोरियोग्राफी गरेकी हुन् भने सुरेश थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: : 2020-08-01 23:57:01

प्रतिकृया दिनुहोस्