महासंघको छवि बिग्रने गरी काम गरेका छाैं कि भन्ने अनुभूति हुन्छ : भवानी राणा [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौं

सविन मिश्र/उत्तम काप्री

कोरोना भाइरसका कारण सिर्जित परिस्थितिका कारण अर्थतन्त्र जति संकटमा छ त्यस्तै संकटमा परेको छ निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ। पछिल्ला केही वर्षयता नीतिभन्दा व्यक्तिप्रधान देखिएको महासंघको साधारणसभालाई लिएर आन्तरिक विवाद र बहस पनि चर्किएको छ। यसैबीचमा आउँदो २१ गते महासंघको केन्द्रीय समिति बैठक बोलाइएको छ। 

विधानअनुसार गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा कोरोनाकै कारण सर्‍यो। साउन अन्तिम साताका लागि तय भएको साधारणसभा फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। नीतिभन्दा नेतृत्वप्रधान बहस र अति राजनीतिकरणले महासंघको छविमाथि पनि प्रश्न उठ्न थालेको छ। नेपाल लाइभका उत्तम काप्री र सविन मिश्रले महासंघ अध्यक्ष भवानी राणासँग यिनै विषयमा गरेको कुराकानीको सम्पादित अंश:-

प्रकाशित मिति: : 2020-08-02 11:36:05

प्रतिकृया दिनुहोस्