गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतको केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण देखिएको छ।  

आइतबार एक ट्वीट गर्दै उनले आफूमा संक्रमण भएको पुष्टि गरेका छन्।

‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा मेरो नतिजा पोजेटिभ आएको छ,’ उनले ट्वीट गरेका छन्। 

तर अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्।

उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेको पनि बताएका छन्। 

आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्नसमेत उनले आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2020-08-02 17:54:41

प्रतिकृया दिनुहोस्