माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिद गर्ने

एजेन्सी

वासिङ्टन

प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहित अन्य चिनियाँ एप अनि सफ्टवेयरहरू कारण सुरक्षा खतरा बढेको भन्दै अमेरिकामा ब्यान गर्ने चेतावनी दिएसँगै माइक्रोसफ्टङकाे याे भनाइ आएकाे हाे। 

माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति ट्रम्पसँग पनि छलफल गरेको आइतबार जानकारी दिएको छ।

माइक्रोसफ्टले टिकटकका सम्बन्धमा पूर्ण रुपले सुरक्षा मूल्यांकन हुने जनाएको छ। माइक्रोसफ्टले अमेरिकी सरकारलाई टिकटकबाट हुने सक्ने आर्थिक फाइदाको सूचि पनि बुझाएको छ।

आउँदो सेप्टेम्बर १५ सम्ममा टिकटकको मातृ कम्पनी बाइट डान्ससँगको वार्ता पूरा हुने अपेक्षा रहेको माइक्रोसफ्टले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-03 11:28:28

प्रतिकृया दिनुहोस्