अमेरिकामा ‘कोभिड–१९’ पीडित युवतीको दूर्लभ फोक्सो प्रत्यारोपण

निकै चुनौतिपूर्ण मानिने फोक्सोको दुईपल्ट प्रत्यारोपण गर्दै अमेरिकामा एक कोरोना पीडित महिलालाई चिकित्सकहरूले बचाएका छन्। यो घटना आफैंमा दूर्लभ मानिन्छ।  

सिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा भर्ना भएकी २८ वर्षीय मायरा रामिरेजलाई केही समय अगाडि कोरोना संक्रमण भएको थियो। कोरोनाको कारण उनको फोक्सो लगभग काम नलाग्ने अवस्थामा पुगेको थियो। 

उनलाई नयाँ जीवनदान दिन चिकित्सकहरूसँग एउटै उपाय बाँकी थियो, उनको फोक्सो प्रत्यारोपण गर्ने। यसमा मानिसहरूको बाच्ने सम्भावना निकै कम हुन्छ।

मायाराको सल्यक्रियामा समावेश डाक्टर अंकित भरत यसलाई उदाहरणीय कार्य बताउँछन्। भन्छन्, ‘फोक्सोको प्रत्यारोपणलाई संक्रामक रोगको उपचारको रूपमा लिने गरिदैन्।’ भरतले ५ जुलाई यस्तै प्रकृतिको अर्को घटनामा कोरोना संक्रमित ६२ वर्षीय ब्रायनको पनि सल्यक्रिया गरेका थिए। 

ब्रायनले प्रत्यारोपणभन्दा अघि एक सय दिन आइसीयूमा बिताएका थिए। अस्पतालबाट प्रकाशित सन्देशमा ब्रायनकी श्रीमती न्यान्सीले भनेकी थिइन्, ‘संक्रमणभन्दा अगाडि मलाई कोभिड धोका जस्तै लाग्थ्यो। ’ तर, ब्रायनले कोभिड–१९ ठट्टा गर्ने चिज नभएको बताएका थिए। 

डाक्टर भरतका अनुसार अझैं दुई संक्रमित फोक्सोे प्रत्यारोपणको तयारीमा छन्। उनले यस्तो सल्यक्रियामा निकै ठूलो जोखिम हुने स्पष्ट पारेका छन्। ‘जसको फोक्सोबाट रगत बग्न थालेको हुन्छ। किड्नीले पनि काम गर्देन। यस्तोमा सल्यक्रिया गर्न सम्भव हुँदैन। त्यसैले मेरो विचारमा मानिसहरूलाई योभन्दा अघि नै समस्याको पहिचान गर्नु जरुरी छ। त्यसैले यस विषयमा कुरा गर्नु जरुरी छ,’ उनले अमेरिकाबाट प्रकासित हुने न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा बताएका छन्। 

फोक्सो प्रत्यारोपणमा सलंग्न अर्का चिकित्सक टियागो मचुका पनि भन्छन्, ‘यो हाम्रो लागि पनि नयाँ प्रयोग हो। डाक्टर र बिरामीबीच समयको छनोट गर्न निकै कठिन हुने गर्दछ। हामी यसलाई हडबडीमा फटाफट गर्न चाहदैनौं। कोरोना संक्रमित व्यक्ति फोक्सोको समस्याबाट सहजै बाहिर निस्किन सफल भएको खण्डमा राम्रोसँग जीवन बिताउन सक्छ।’

अस्पताल भर्ना हुनुअघि मायराले घरबाटै अफिसको काम गरेकी थिइन। उनी घरबाटै ग्रोसरीको सामान डिलिभरी गराउँथिन्। उनी स्वास्थ्य देखिन्थिन् तर उनको ‘न्युरोमायलिटिस अप्टिक’ मा समस्या थियो। यसले औषधि नियमित खाने क्रममा उनको ‘इम्युन सिस्टम’ कमजोर हुदैगयो। यसैले उनीमा कोरोना भाइरसको जोखिम बढेको हुन सक्ने चिकित्सकहरूको भनाई छ। 

मायरालाई दुई साता निकै ज्वरो आएको थियो। यसैबेला उनले आफ्नो लक्षणको विषयमा ‘कोभिड हटलाइन’ मा पहिलो जानकारी दिएकी थिइन। एकपल्ट त उनी अस्पताल पनि पुगेकी थिइन तर भित्र प्रवेश गरिनन्। उनी अस्पताल भर्ना हुने कुराले नै डराएकी थिइन। त्यसैले आफूले आफैलाई ठिक हुने भरोसा दिँदै घर फर्किएकी थिइन। 

अप्रिल २६ मा उनलाई एक्कासी १ सय ५ डिग्री ज्वरो आयो। उनी यति कमजोर देखा परिन् कि उनी उठ्न पनि सकिरहेकी थिइनन्। साथीहरूको सहयोगले उनी अस्पताल पुगेकी थिइन। डाक्टरहरूले भर्ना भएकै दिन उनलाई भेन्टिलेटरमा राख्ने कुरा गर्दा उनको दिमागले काम गरिरहेको थिएन। 

मायराले भनिन्, ‘मलाई लागिरहेको थियो। केही दिनमै म पूर्णरूपमा ठिक हुनेछु।’ तर, भेन्टिलेटरमा ६ साता समय बिताएपछि उनको फोक्सोमा पाइपको सहयोगले सिधै अक्सिजन पुर्‍याउनु परेको थियो। 

‘यतिबेला हरेक दिन म डरलाग्दो सपना देख्थे। सबै डुबिरहेको छ। परिवारका अन्य सदस्यहरू मलाई बिदा गरिरहेका छन्। डाक्टरहरू मलाई तिम्रो धेरै दिन बाँकी छैन भनिरहेका हुन्थे,’ मायराले भनिन्। 

कोरोना संक्रमण फोक्सोमा प्रवेश गरेपछि मायरा झन् बढी छटपटाउन थालेकी थिइन। सल्यक्रिया गर्नुअघि डाक्टरहरूले उनको परिवारलाई अन्तिम पल्ट हेर्न बोलाएका थिए। तर, ५ जुनमा १० घण्टा लामो सल्यक्रियाका क्रममा कोरोनालाई जितेर उनी पुनः फर्किइन्। उनको हिम्मतको डाक्टरहरूले पनि प्रसंसा गरेका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2020-08-04 19:01:58

प्रतिकृया दिनुहोस्