प्रदेश २ मा मन्त्री र सांसदलाई कोरोना संक्रमण

प्रदेश २ का मन्त्री र सांसदलाई नै कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादवसँगै प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ। मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरू पनि संक्रमित भएका छन्।

यसअघि पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद प्रदीप यादवसहित वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, नेकपा युवा नेता रहबर अन्सारीलगायतलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-05 22:25:37

प्रतिकृया दिनुहोस्