काेराेना कहर : श्रमिकलाई बिहान-बेलुका छाक टार्न मुस्किल

म्यादीका राजाराम बस्नेतलाई ४ महिनादेखि परिवार कसरी पाल्ने भनेर  चिन्ता छ । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेसँगै बस्नेतलाई परिवार पाल्न र घर खर्च जुटाउन मुस्किल हुन थालेको छ ।

बस्नेत सामान्य समयमा कन्स्ट्रक्सन र निर्माण क्षेत्रमा काम गर्दै आएका थिए । उपत्यकाका विभिन्न स्थानमा निर्माण क्षेत्रमा काम गर्दै आएका बस्नेत र उनकी श्रीमतीको कमाइले ६ जनाको परिवार पाल्नुपर्छ । 

लकडाउनकाे समयमा बस्नेतलाई घरबेटीले भाडा छुट नदिएको र सरकारबाट राहत नपाए पनि परिवारलाई भने भोकै नराखेको उनले बताए ।

‘साना २ जना छोरा छन् । उनीहरूलाई भोक, तिर्खा र समस्या केहो थाहा छैन । हामी त एक छाक खाएर बाच्न सकिएला । तर, छोराहरू पैसा छैन भनेर भोकै बस्न मान्दैनन् । १ महिना त घरमै बसियो । त्यसपछि बिहानबेलुका चुल्हाे बल्न समस्या हुन थालेपछि फेरि काम खोजेर गर्न थाले,’ उनले भने, ‘लकडाउनका बेला पनि कुल्ली काम गर्न विभिन्न स्थानमा हिँडेँ । श्रीमती र म दुवै जना कुल्ली काम गर्छाैँ । काम नगरे खान पुग्दैन । कोरोनाले भन्दा भाेकले परिवार परिवार मर्लान् भन्ने चिन्ता छ ।’

प्रकाशित मिति: : 2020-08-07 13:19:52

प्रतिकृया दिनुहोस्