सुशान्तको आत्महत्या प्रकरणमा रियामाथि सोधपुछ सुरु 

एजेन्सी

मुम्बई

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चक्रवर्तीसँग पैसाको विषयलाई लिएर सोधपुछ सुरु भएको छ। सर्वोच्च अदालतको निर्देशनपछि प्रवर्तन निदेशालय (इडी) कार्यालयले रियासँग सोधपुछ गरेको हो। 

रियाले आफूमाथि हुने छानवीनलाई केही समय रोक्न अनुरोध गरेकी थिइन। तर, सर्वोच्चको कडा निर्देशन आएपछि उनीमाथि छानवीन सुरु भएको हो। रियामाथि सुशान्तको खाताबाट १५ करोड रुपैयाँ निकालेर अन्य ठाउँमा लगानी गरेको आरोप पनि छ। 

शुक्रबार सुशान्तका बिजनेस मेनेजर श्रृति मोदी पनि इडीको अफिस पुगेका थिए। सुशान्तका साथी सिद्धार्थ पिठानीमाथि ८ अगस्टमा सोधपुछ हुनेछ। 

सुशान्तको आत्महत्या प्रकरणमा रियामाथि गम्भीर आरोप छ। सुशान्तको मुद्दा सीबीआईले हेर्दैछ। 

यसअघि पटनामा दर्ता भएको मुद्धा मुम्बईमा ट्रान्सफर गर्न रियाले अपील गरेकी थिइन। जसलाई अदालतले अस्विकार गरिसकेको छ।

प्रकाशित मिति: : 2020-08-07 15:39:54

प्रतिकृया दिनुहोस्