शुक्रबार थपिए कोरोनाका ४ सय ६४ संक्रमित, मृतको संख्या ७० पुग्यो

शुक्रबार देश\भर कोरोनाका ४ सय ६४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी हो।

योसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७० जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति: : 2020-08-07 16:31:23

प्रतिकृया दिनुहोस्