ठगी गर्दै हिँड्ने ‘ज्योतिष’ अर्जुन क्षेत्री जेल चलान 

आफूलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे सहसचिव हुँ’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षेत्री पूर्पक्षका लागि जेल चलान भएका छन्। 

जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा क्षेत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पूर्पक्षको लागि जेल चलान गर्न आदेश गरेको हो। 

गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षेत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । 

क्षेत्रीसहितको समूहले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड मागेका थिए। 

प्रकाशित मिति: : 2020-08-07 18:55:51

प्रतिकृया दिनुहोस्