स्वास्थ्य मन्त्रालयमा ४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय स्रोतका अनुसार १ जना सवारी चालक, प्रवक्ता डा. जागेश्वर गौतमको सचिवालयमा चिया पकाउने व्यक्ति र क्यान्टिनमा कार्यरत अर्का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो, त्यस क्रममा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

४ जनाको रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूको क्लोज कन्ट्याक्टमा आएका व्यक्तिहरू ट्रेसिङको काम शुरू भएको छ ।

प्रकाशित मिति: : 2020-08-09 16:01:14

प्रतिकृया दिनुहोस्