काठमाडौंका ९० सहित नेपालमा थप ३८० जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा ३८० जना थपिएका छन्। जसमध्ये काठमाडौंका ९० र ललितपुरका २ जनासहित काठमाडौं उपत्यकामा ९२ जना संक्रमित भेटिएका छन्।

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्। 

२४ घन्टा भित्रमा ४० जना रोगमुक्त प्रमाणित भएका थिए।

पछिल्लो २४ घण्टामा ८,५१५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन्।

काठमाडौं उपत्यकाका थप ९२ जनामा संक्रमण

काठमाडौं उपत्यकाका थप ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका विभिन्न ठाउँका ९० र ललितपुर जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा कुनै पनि संक्रमण देखिएन। 

प्रकाशित मिति: : 2020-08-09 16:24:21

प्रतिकृया दिनुहोस्