बारामा पुनः २६ वर्षीय युवती बलात्कृत

संकेतिक तस्वीर

 बारामा पुनः एउटा बलात्कारको घटना सार्वजनिक भएको छ। 

जिल्लाको बारागढी गाउँपालिका २ बिसुनपुर्वा टोलमा शौचालय गर्न गएकी २६ वर्षीय युवती बलात्कारको शिकार हुन पुगेकी परिवारिक स्रोतले जानकारी दिएका छन्।

साउन १७ गते शनिबार करिब राती ८ बजे सोही ठाउँका अन्दाजी ४० वर्षीया पन्नालाल साह तेलीले बलात्कार गरेको परिवारले आराेप लगाएका छन्। 

‘घर बाहिर शौचालयबाट फिर्ता आएर चापाकलमा हातखुट्टा धोइराखेको थियो,’ परिवारका एक सदस्यले भने, ‘मुख थुनेर घर नजिकै रहेको फुलबारीमा लगेर बलात्कार गरेका हुन्।’

यता घटनाबारे कसैलाई जानकारी दिए वा प्रहरीमा गएमा उल्टै गाँउ निकाला गर्ने धम्की पीडकबाट आएको पीडित परिवारले जनाएको छ। 

महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान सुरु गरि पीडकलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-09 20:10:23

प्रतिकृया दिनुहोस्