त्रिभुवन विमानस्थलबाट १ किलाे ७ सय ग्राम सुनसहित दुई नेपाली समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ७ सय ग्राम सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सीता स्याङतान र धनबहादुर वि.क रहेका छन्। 

उनीहरुलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार स्याङतानको सुटकेसमा १ किलो १८४ सय ग्राम सुन लुकाएर ल्याइएको थियो। यस्तै वि.क को सुटकेसमा ५ सय ७२.५ ग्राम सुन लुकाइएर ल्याइएको हो।

‘सुनमा चाँदीको जलप लगाएर ल्याइएको रहेछ। उनीहरुलाई करिव २ बजेर ३८ म‍िनेट जाँदा पक्राउ गरिएको हो,’ एक अधिकारीले भने।

उनका अनुसार पक्राउ पर्नेहरु दुबईबाट आएका थिए। 

प्रकाशित मिति: : 2020-08-09 20:35:44

प्रतिकृया दिनुहोस्