नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

गोरखापत्र

काठमाडौं

मुकुन्द गैरे

नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् ।
देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको ठूलो योगदान छ । तर विश्वमा फैलिँदैगएको कारोना भाइरसले विदेशमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउने आकलन गरिएको छ । खाडी मुलुकमा मात्र दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ ।
रोजगारी गुमाएर स्वदेशमा फर्कने युवालाई कृषि क्षेत्रमा जोड्न सके लाखौँलाई रोजगारी दिन सकिने अर्थविद्हरू बताउछन् । अर्थविद् डा. चन्द्रमणि अधिकारी नेपाल कृषिको अथाह सम्भावना भएको मुलुक भएको बताउनुहुन्छ ।
अब परम्परागत रुपमा कृषिभन्दा पनि नयाँ प्रविधि तरिकाले कृषिमा लाग्नु जरुरी रहेको डा. अधिकारी बताउनुहुन्छ । थोरै लगाएर धेरै उत्पादन गर्ने बाटोतर्फ जान आवश्यक छ । परम्परागत रुपमा लगाउँदै आएको खाद्यान्न मात्रै लगाएर हुँदैन नयाँ किसिमका फलफूल किम्बुलगायत यस्ता धेरै प्रकारका फलफूल लगाउन सकिने उहाँ बताउनुहुन्छ । वनजन्य कृषि गरे पनि थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने डा. अधिकारी बताउनुहुन्छ ।
सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्नको लागि मेकानिकल, इलेक्ट्रोनिक, घरेलु उद्योगबाट उत्पादन हुने सामान उत्पादन गर्न विभिन्न तालिम दिए रोजगारी सिर्जना गर्न सकिने अर्थविद् अधिकारी बताउनुहुन्छ ।
उहाँका अनुसार मानिसको लागि अत्यावश्यक भएको मास्कको मात्र बनाउने तालिम दिएर उद्योग खोले धेरैलाई रोजगारी दिन सकिन्छ । बाहिर गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा कामलाई ठूलो र सानो भन्ने सोच परिवर्तन गर्न जरुरी रहेको अधिकारी बताउनुहुन्छ ।

प्रकाशित मिति: : 2020-08-11 18:11:45

प्रतिकृया दिनुहोस्