सोसल मिडियामा ‘आपत्तिजनक’ पोस्टपछि हिंसा, प्रहरी फायरिङमा दुईको मृत्यु

भारत बैंग्लोरको पूर्वी क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको छ। 

उग्र भीडले दुई प्रहरी स्टेशन र कांग्रेसका एक विधायकको घरमा हमला गरेका थिए जसका कारण प्रहरीले गोली चलाएको हाे।

उग्र भीड सोसल मिडियामा एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै प्रहरी स्टेशन पुगेको थियो।

पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक आफन्तले कथित रुपमा सोसल मिडियामा एउटा आपत्तिजनक पोस्ट राखेका थिए।

सामाजिक सञ्जालमा धार्मिक भावनामा ठेस पुग्ने आपत्तिजनक पोस्ट गरेको भन्दै धेरै संख्यामा मानिसहरु मंगलबार बेलुका प्रहरी थाना पुगेका थिए। उनीहरुले पोस्ट राखेनेविरुद्ध कारवाहीको माग गरेका थिए। 

अर्को भीड कांग्रेस विधायकको घर पुगेका थिए। आक्राेशित भिडले थाना बाहिर राखिएका केही गाडीमा आगलागीसमेत गरेका थिए। 

बेंगलुरुमा प्रहरी कमिश्नर कमल पन्तले भने, ‘प्रहरीमाथि ठूला ढुङ्गाले हमला गरियो। अचानक बिजुती आपूर्ती बन्द भयो र भीडलाई नियन्त्रण गर्न हामीलाई केही समय लाग्यो। प्रहरी स्टेशनको चारैतिर हमला गरिएको थियो त्यसैले प्रहरीसँग गोली चलाउने बाहेक अन्य कुनै विकल्प थिएन।’

कर्नाटकका गृहमन्त्री बसवराज बोम्मईले पनि प्रहरी फायरिङमा दुईजनाको ज्यान गएको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्तिको नाम नविन रहेको र उनी कांग्रेस विधायकका भतिज रहेको प्रहरीले उल्लेख गरेको छ।

उनलाई एफआईआर दर्ता गर्न र धार्मिक भावनाललाई ठेस् पुर्याएको पक्राउ गरिएकाे हाे।

बेंगलुरुमा प्रहरी कमिश्नर कमल पन्तका अनुसार डिगे हलली र केजी हल्ली इलाकामा कर्फ्यू लगाइएको छ र पूरा शहरमा धारा १४४ लागू गरिएको छ। 

अहिलेसम्म प्रहरीले ११० जनालाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ।

 यस्तै कांग्रेस विधायकले भिडियो सन्देश जारी गरेर मुसलमानसँग शान्ती कायम गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: : 2020-08-12 09:02:00

प्रतिकृया दिनुहोस्