अन्य देशको अनुभवलाई हेर्दा नेपालमा पनि संक्रमण दर अझै बढ्न सक्छ : डा जोस भ्यान्देलियर [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौं

डा जोस भ्यान्देलियर विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि हुन्। संगठनमा रहेर उनले नेपालमा पाँच वर्ष काम गरिसकेका छन्। नेपालमा काम गर्दा उनले भोगेका अनुभव, कोरोना महामारीको व्यवस्थापनमा नेपालमा भइरहेका काम, नेपालको स्वास्थ्यको अवस्था लगायतका विषयमा डा सुवास प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंले हालसम्म नेपालमा कति समय बिताउनुभयो?
नेपालमा मेरो बसाइ ५ वर्ष भयो। म सन् २०१५ को जुलाईमा नेपालमा आएको हुँ। भूकम्प गएको केही समयपछि नेपाल आइपुगेको हुँ।

नेपाल बसाइका क्रममा तपाईंको समग्र अनुभव कस्तो रह्यो? यहाँ आउनुभन्दा अघि सोचेजस्तै भयो कि?
यो पाँच वर्ष निकै रुचिकर नै रह्यो। यो पाँच वर्षको अवधिमा धेरै परिवर्तन भए नेपालमा। त्यसकारण यो अवधिमा यहाँ रहन पाउँदा निकै उत्साहित भएँ। यहाँ बसेर नेपालीहरुसँग काम गर्न पाउँदा, भेट्न पाउँदा र सहकर्मीहरुसँग काम गर्न पाउँदा निकै हर्षित छु। मेरा यी पाँच वर्ष उपलब्धिमूलक रहे।

प्रकाशित मिति: : 2020-08-12 11:50:15

प्रतिकृया दिनुहोस्