बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

धरान : विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्। 

बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट बैठकमा भाग लिन काठमाडौं गएको बताइएको छ । सरकारले भेला, बैठक र सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको भएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीले शुक्रबार प्रतिष्ठानको सिनेट बैठक काठमाडौंमा बेलाएका छन् ।

बैठकमा भाग लिन प्रतिष्ठानका डेड दर्जन चिकित्सक काठमाडौं गएको बुझिएको छ । काठमाडौं जाने चिकित्सकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सवारी पास लिएर काठमाडौं गएको बुझिएको छ । 

प्रतिष्ठानका चिकित्सक अस्पतालको स्वास्थ्य  सेवा बन्द गरेर काठमाडौं गएपछि कोरोना संक्रमित बिरामी र अन्य गम्भीर  प्रकृतिका बिरामीको उपचारमा गम्भीर असर पुगेको छ ।

प्रकाशित मिति: : 2020-08-12 14:34:03

प्रतिकृया दिनुहोस्