सहरमा अनलाइन कक्षा, गाउँमा टोल शिक्षा

कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि सरकारले चैत्र ५ गतेदेखि विद्यालयको पठन पाठन बन्द भएपछि हालसम्म पनि औपचारिक कक्षा सञ्चालन हुन सकेको छैन । औपचारिक कक्षा तत्काल खोल्न नसक्ने अवस्थामा सरकारले वैकल्पिक शिक्षण विधि अपनाएर पठन–पाठन क्रियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरेपछि बागलुङमा पनि वैकल्पिक विधिबाट पठन क्रियाकलाप सुरु भएको छ ।

अधिकांश सामुदायिक विद्यालयले टोल–टोलमा शिक्षण विधि अपनाएका छन भने निजी विद्यालयहरूले अनलाइन कक्षाबाट शिक्षण क्रियाकलाप सञ्चालन गरेको हुन् । कम्प्युटर, इमेल, इन्टरनेट जस्ता सञ्चार साधनको सहज पहुँच हुने सहरी क्षेत्रमा अनलाइन कक्षा र आधुनिक सञ्चार माध्यमको सहज पहुँच नहुने ग्रामीण क्षेत्रमा टोल शिक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्माराज उपाध्यायले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयहरूले आफ्नो विद्यालय पहुँच क्षेत्रलाई टोलमा विभाजन गरी शिक्षण क्रियाकलाप थालेका छन् । टोल–टोलमा शिक्षक विभाजन गरेर पठन पाठन गरेका छौँ ।’ मुलपानी माविका प्रधानाध्यापक चुडामणी सुवेदीले भन्नुभयो, ‘कक्षा सञ्चालन गर्नुअघि साबुन पानीले हात धुने र मास्कको प्रयोगलाई अनिवार्य गरेका छौँ । ’

प्रकाशित मिति: : 2020-08-12 15:29:04

प्रतिकृया दिनुहोस्