काठमाडौंमा १३८ सहित देशभर ४८४ जना थपिए, थप ८ को मृत्यु

 नेपालमा पछिल्लाे २४ घण्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार ४ सय ३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको हो। साथै पछिल्लाे २४ घण्टामा ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँकाे आइसाेलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ९१ पुगेको छ।

काठमाडौं उपत्यकामा थप १३८ जना

पछिल्लो २४ घन्टामा उपत्यकामा १३८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका २९ र भक्तपुरका एक जनामा संक्रमण देखिएको हो।

त्यसैगरी पाट अस्पतालमा काठमाडौंका ११, ललितपुरका १४ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।

वीर अस्पताल प्रयोगशालामा काठमाडौंका दुई र भक्तपुरका दुई, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका ११, ललितपुर एक र भक्तपुरका एक जनामा संक्रमण देखिएको हो।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २२, ललितपुरका दुई र भक्तपुरका एक जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका नौ, ललितपुरका दुई र भक्तपुरका एक, बिधि प्रयोगशालामा काठमाडौंका पाँच र ललितपुरका दुई, ह्याम्स अस्पताल प्रयोगशालमा काठमाडौंका आठ र भक्तपुरका एक जनामा संक्रमण देखिएको छ। त्यसैगरी वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका दुई जनामा संक्रमण मन्त्रालयले जनाएको छ । 

थप ६४ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप ६७ जना कोरोना संक्रमित निको भएको बताए।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

थप ८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिए।

याेसहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ।

प्रकाशित मिति: : 2020-08-12 16:39:05

प्रतिकृया दिनुहोस्