टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षका ६ जना डाक्टर र नर्सलाई कोरोना संक्रमण

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. रोहितकुमार पोखरेलले अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनीरूलाई संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पिसिआर परीक्षण सुरू गरिएको छ।

सबैको नतिजा आएपछि आकस्मिक कक्ष सञ्चालन गरिनेछ।

प्रकाशित मिति: : 2020-08-13 00:08:38

प्रतिकृया दिनुहोस्