अमेरिकी चुनावको बहसः के वाइडेनले उछिन्लान् ट्रम्पलाई?

विश्वको शक्तिशाली राष्ट्रको मुखियाको निर्वाचनमा आँखा लाग्नु कुनै अनौठो कुरा होइन। तर, सोभियत संघको विघटनपछि विगत ३० वर्षदेखि एक्लौटी रूपमा विश्वलाई आफ्नो अनुकुल हाँकिरहेको अमेरिकाको चुनाव यतिबेला निकै पेचिलो बनेको छ। 

कुनै बेला अमेरिकाकै सहयोगमा एसियामा आफ्नो धाक जमाएको चीन अहिले उल्टै अमेरिकालाई चुनौति दिने स्थितिमा पुगेको छ। अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको उदयपछि अमेरिका र चीनबीच बिग्रिएको सम्बन्धका बीच यसबेला अमेरिकाको निर्वाचन हुन लागेको छ।

विश्वव्यापी महामारी बनेको कोरोनालाई नियन्त्रणमा राख्न असफल भएको, कालाजाति माथि भएको विभेद जस्ता मुद्धामा घेरिएको ट्रम्पलाई यसपालि चुनाव जित्न निकै कठिन छ। यी दुई घटनाभन्दा पहिले ट्रम्पको स्थिति मजबुत मानिन्थ्यो। 

तर, बदलिँदो परिस्थितिमा ट्रम्पलाई दोस्रो कार्यकालका लागि डेमोक्र्याट उम्मेदबार जो वाइडेनसँग चुनाव लड्नु ‘फलामको च्युरा’ चपाए सरह हुने अनुमान गरिएको छ। किनभने वाइडेन परिपक्व नेता मानिन्छन्। 

उनी बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपतिको भूमिकामा थिए। फेरि अमेरिकाको २ सय ५० वर्ष लामो संसदीय इतिहासमा १४ पल्ट उपराष्ट्रपतिले चुनाव जितेका छन्।

यसको आधार अमेरिकाभित्र हालै भएको सर्वेक्षणको रिपोर्टले पनि बताउन थालेको छ। १२ जुलाईदेखि १२ अगस्टसम्म एक महिनाभित्र अमेरिकामा ३२ वटा सर्वेक्षण भएका थिए। जसमा वाइडेनले राष्ट्रपति ट्रम्पलाई पछाडि छोडेका छन्। 

आधा जति सर्वेक्षणमा दुवैबीच ५ प्रतिशतको अन्तर देखिएपनि राष्ट्रिय औसतमा वाइडेनलाई ५१ प्रतिशत तथा ट्रम्पलाई ४१ प्रतिशत मत प्राप्त हुने दावी गरिएको छ। 

यद्यपि ट्रम्पले यी सवै सर्वेक्षणलाई ‘झुटको खेति’ भन्दै अस्विकार गरेका छन्। तर, अमेरिकामा यसपालि डाकबाट प्राप्त हुने तीन चौथाई मतले राष्ट्रपतिको चुनावलाई झन् बढी रोचक बनाएको छ। अमेरिकाको चर्चित न्युयोर्क टाइम्स पत्रिकाका अनुसार डाकबाट मात्र यसपालि ८ करोड मतदाताले भोट गर्दैछन्। 

यो अमेरिकी निर्वाचनको इतिहासमा ऐतिहासिक परिवर्तन मानिएको छ। सन् २०१६ को तुलनामा यसपालि दुई गुणा बढीले डाकबाट भोट गर्देछन्।

यसमा पनि कोरोना महामारीका कारण थुप्रै राज्यले डाकबाट मतदानको तयारी गरिरहेका छन्। चुनावका लागि करिब अढाई महिनाको समय मात्र बाँकी छ। अमेरिकाको राष्ट्रपतिय चुनाव ३ नोभेम्बरमा हुँदैछ। 

चुनावभन्दा अघि राष्ट्रपतिका अघिल्ला उम्मेदबार ट्रम्प र वाइडेनबीच ३ वटा ‘डिबेट’ हुन बाँकी छ। पहिलो बहस २९ सेप्टेम्बरमा ओहायो राज्यको क्लिवल्याण्डमा हुँदैछ। दोस्रो १५ अक्टुबरमा फ्लोरिडाको मियामीमा हुनेछ भने तेस्रो २२ अक्टुबरमा टेनेसी हुँदैछ। यी सबै बहस ९० मिनेटको हुनेछन्।

प्रकाशित मिति: : 2020-08-13 09:19:21

प्रतिकृया दिनुहोस्