कोरोना विशेष अस्पताल संक्रमितले भरिए, सरकारले गुहार्यो निजी अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायतका विभिन्न अस्पतालहरूमा संक्रमितको उपचार गर्न बेड अभाव भएको भन्दै उनीहरूको उपचारका लागि निजी अस्पताललाई २० प्रतिशत बेड छुट्याउन भनेको हो।

अहिले अस्पतालमा भर्ना भएका बिरामीहरूमा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनविना रेफर भइरहको छ।

“संक्रमितलाई कोभिड अस्पतालहरूमा राख्न समस्या भएको हुँदा कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना पोजेटिभ आएपछि त्यसको व्यवस्थापन हब अस्पतालहरूको संंयोजनमा सोहि अस्पतालहरूमा नै गर्न अनुरोध छ,” मन्त्रालयले ३० साउनमा जारी गरेको सूचनामार्फत भनेको छ।

मन्त्रालयले कोरोना संक्रमितलाई उपत्यकाभित्रका अन्य अस्पतालहरूमा पठाउनु पर्ने अवस्था आएमा हब अस्पतालको समन्वयमा मन्त्रालयको अनुमति लिएर मात्र पठाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2020-08-14 17:31:42

प्रतिकृया दिनुहोस्