एक करोड ९ लाख हिनामिना आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

प्रहरी कल्याण कोष पेट्रोल पम्म नक्सालमा १ करोड ९ लाख हिनामिना गरेको भन्दै प्रहरी सहायक निरीक्षक दिलिप कार्की पक्राउ परेका छन्।

कार्तिकले आर्थिक वर्ष २०७४/७५र २०७५/७६ मा गरेर १  करोड ८ लाख ९९ हजार १८४ रुपैया हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

उनलाई प्रहरी प्रधान कार्याल्यको पत्रसति अख्तियारले नियन्त्रणमा लिएको हो। असई कार्तिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका  प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।  

प्रकाशित मिति: : 2020-08-14 18:02:11

प्रतिकृया दिनुहोस्