‘हामी साह्रै अटेरी भयौँ, आफै नसुध्रिने हो भने कोरोना सङ्क्रमण भयावह हुन्छ’

कोरोना सङ्क्रमणको अवस्था नेपालमा र अन्य देशमा हेर्दा तुलनात्मक रूपमा नेपाल त्यति खराब अवस्थामा पुगिसकेको छैन । त्यसकारण मैले सधैँ भनिरहेको हुन्छु, अझै पनि हामीसँग समय छ । यो हाम्रो ढोकैमा आइसक्यो, हामीले आफ्नो तर्फबाट गर्न सक्ने सबै काम गरौँ । अरू देशमा हेर्ने हो भने दैनिक १ सयभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा अहिले यो अवस्था छैन ।

त्यस्तो हुनु राम्रो त हैन तर अहिले हामी तुलनात्मक रूपमा त्यो खराब तहसम्म पुगिसकेको अवस्थमा छैनौँ । तर यसो भन्नुको अर्थ हामी त्यहाँसम्म पुग्दैनौँ भन्ने पनि हैन । अरू देशको जस्तै होला भनेर हामी अहिलेदेखि नै होशियार भएर त्यसका विरुद्ध अपनाउनुपर्ने सावधानीहरु र तयारीमा लागिपर्नुपर्ने हुन्छ ।

हामीले देख्छौँ फ्लुले गर्दा पनि वर्षमा एक दुई दर्जन हाराहारी हरेक वर्ष मरिरहेका हुन्छन् । स्क्रब टाइफसले पनि हरेक वर्ष दस बाह्र जना मरिरहेको देखिन्छ ।  टीबीले कति हजार मर्छन् त्यो आफ्नो ठाउँमा छ । तर यसको अर्थ कोरोनाभाइरसलाई पनि त्यही रुपमा लिनु उचित हुन्न । अहिले महाव्याधि फैलाइरहेको कोरोना भाइरस नयाँ भएकाले यसलाई हामीले हल्का रुपमा लिनु र वेवास्ता गर्नु पटक्कै हुन्न ।  यो कोरोनाभाइरस जतिसुकै कडा रूपमा आए पनि तपाईंहामी नै सजग भयौँ भने यसलाई अझै पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड हामीले इमानदार साथ पालना गर्नुपर्छ । 

प्रकाशित मिति: : 2020-08-14 18:09:46

प्रतिकृया दिनुहोस्